प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिने भएको छ ।
ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न सङ्घसंस्थाको सह–आयोजनामा हुने सांस्कृतिक मेला आउँदो ११ गते पाटन दरबार क्षेत्र, मङ्गलबजारमा हुन लागेको हो ।
सांस्कृतिक मेलामा पाँच सय जनाभन्दा धेरै कलाकारहरुले परम्परागत सङ्गीत तथा नृत्यको प्रस्तुति गरिने मेलाका आन्तरिक संयोजक मोहन व्यजनकारले बताउनु भयो । यसको लागि ज्यापू समाज यल, बौद्ध विहार सङ्घ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरले ३ महिना अघिदेखि नै सयौँ कलाकारहरूलाई नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजाको प्रशिक्षण दिइरहेको छ ।
त्यस्तै विश्व पर्यटन दिवसलक्षित मेलाका लागि ललितपुरका सामुदायिक विद्यालयका विद्यार्थी, कलाकारहरूलाई परम्परागत नृत्यको पनि प्रशिक्षण दिइरहेको छ । त्यस्तै पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपाेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिने व्यजनकारले बताउनु भयो ।
मङ्गलवार बिहान पर्यटकहरूलाई स्वागत गरेर सुरू हुने सांस्कृतिक मेलामा ललितपुर महानगरपालिकाको पर्यटनसँग सम्बन्धित वेबसाइटको लोकार्पण, सम्पदा पदयात्रा लगायतको पनि कार्यक्रम रहेको मेलाका संयोजक एवम् वडा नम्बर १९ का अध्यक्ष राजेन्द्र महर्जनले बताउनु भयो ।
पर्यटनलाई पुनः विचार गरौँ भन्ने मूल नारासहित नेपालसहित विश्वभर पर्यटन दिवस मङ्गलवार मनाइँदैछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।