ताप्लेजुङ म्याराथनकाे उपाधि कुँवरलाई

 असोज १३, २०७९ बिहीबार १५:३९:१० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ : ताप्लेजुङ–पाथीभरा म्याराथन दौडको उपाधि दलबहादुर कुँवरले जितेका छन् । दौडमा सहभागी एक सय ३४ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दुरी चार घण्टा १२ मिनेट २७ सेकेन्डमा पार गरेर कुँवर विजयी भएका हुन् । कुँवरले नगद एक लाख ५१ हजार एक सय ५१ रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

दौडमा त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट दोस्रो भएका छन् । उनले चार घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । भाटले एक लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै निर्धारित दुरी चार घण्टा १२ मिनेट ५८ सेकेन्डमा पार गर्दै राजन मेयोङबा तेस्रो भएका छन् । उनले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरे । 

यस्तै पाथीभरा महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ की साम्पाल्मु शेर्पाले जितेकी छिन् । निर्धारित २१ किलोमिटर दुरी शेर्पाले तीन घण्टा ४१ मिनेट नाै सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन् । शेर्पाले ८१ हजार एक सय ११ रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरेकी छन् ।

यस्तै भोजपुरकी छेम्बिमाया राई दोस्राे भएकी छन् । उनले चार घण्टा नाै मिनेटमा दुरी पार गर्दै ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेकी छिन् । त्यस्तै मिक्वाखोला गाउँपालिका ३ लिबाङकी १६ वर्षकी पेम्बालामु शेर्पा तेस्राे भइन् । उनले चार घण्टा ३१ मिनेट ५४ सेकेन्डमा दुरी पार गर्दै ३१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरिन् । 

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवकाे तेस्राे दिन आज म्याराथन भएको हो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया