दार्चुलामा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सात जनामध्ये छ ...
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ – दाङमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।
मामाघरमा रहेका छोराछोरीलाइ लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका – १५ निवासी ४८ वर्षीय मदन डाँगिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिजो खोलाले बगाउँदा वेपत्ता भएका डाँगिको शव आज बिहान घटनास्थल देखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।