न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
डाेटी - चुनावी तालमेलप्रति असन्तुष्ट रहेका नेपाली कांग्रेस डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ ।
सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधि सभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैगरी प्रदेश सभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा रहनुभएको थियो । उहाँ दोस्राे चरणमा थोरै मत अन्तरले सभापति पदमा पराजित हुनुभएको थियो ।
सत्ता गठबन्धनको भागबण्डामा डोटीको प्रतिनिधि सभा सिट समाजवादीले पाएको छ प्रदेशतर्फ (क) कांग्रेस र (ख) माओवादी केन्द्रले पाएको छ । कांग्रेसले आफ्नो भागमा परेको प्रदेश सभा 'क' मा जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।
आफूले बाध्यतावश सङ्घका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेको कांग्रेस नेता पदमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवारी हाम्रो आफ्नो रहर होइन, कांग्रेस सक्ने गरी चुनावी तालमेल भयो, कांग्रेस नेता कार्यकर्ताको सल्लाहअनुसार स्वतन्त्र उम्मेदवारी दिन लागेका छौँ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।