अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे चुनावका लागि आफ्नै पार्टीका ‘प्रभावशाली’ नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताउनुभएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले सत्तारूढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही ‘प्रभावशाली’ नेताहरूलाई आउँदाे चुनावका लागि टिकट दिन नसकिएको बताउनुभएको हो । उहाँले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आउँदाे चुनावमा कांग्रेसबाट धेरै ठाउँमा उम्मेदवार नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘योग्य हुँदाहुँदै पनि कतिपय साथीहरूलाई टिकट दिन सकेका छैनौँ । गठबन्धनको कारणले यस्ताे भएकाे हाे । धेरै ठाउँमा हाम्रा उम्मेदवार छैनन् । तर कांग्रेसको नेतृत्वमा सरकार बनाउने, गठबन्धनको सरकार बनाउने, लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै हाम्राे लक्ष्य हो । यसकै लागि हामी निरन्तर लागिरहेका छौँ ।’
प्रवक्ता महतले आउँदाे गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानुनी शासनको आधारशिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने दाबी गर्नुभयाे । उहाँले गठबन्धन सरकारले आउँदाे चुनाव जितेको खण्डमा कुनै पनि नेपाली नागरिक आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारबाट वञ्चित नहुने आश्वासन पनि दिनुभयाे ।
प्रवक्ता महतले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने जिकिर गर्नुभयाे । उहाँले पूर्वीय सभ्यता, संस्कृतिलाई कतिपय अवस्थामा बेवास्ता गरेको भन्दै आउँदा दिनमा प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउने बताउनुभयो ।
यसैबीच प्रवक्ता महतले पार्टीमा अहिले सबै पक्ष सन्तुष्ट रहेको दाबी गर्दै सहमतिमा नै चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि लागिपरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।