टी–२० विश्व कपमा जिम्बावेले आयरल्यान्डलाई हरायाे

 असोज ३१, २०७९ सोमबार १८:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावेले आयरल्यान्डलाई हराएकाे छ । हाेबार्टमा भएकाे खेलमा जिम्बावेले आयरल्यान्डलाई ३१ रनले हराएकाे हाे । 

जिम्बावेले दिएकाे एक सय ७५ रनकाे लक्ष्य पछ्याएकाे आयरल्यान्डले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ४३ रनमात्र बनाउन सक्याे । आयरल्यान्डका लागि कर्टिक क्याम्फेरले २७, जर्ज डाेक्रेल र ग्यारेथ डिलेनीले २४/२४ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजराबानीले तीन विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनायाे । जिम्बावेका लागि सिकन्दर राजाले ८२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुवा लिटिलले तीन विकेट लिए । 

याे जितसँगै समूह 'बी' मा रहेकाे जिम्बावे दुई अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया