फरवार्ड करिम बेन्जिमालाई ‘बालोन डी ओर अवार्ड’

 कात्तिक १, २०७९ मंगलबार ७:०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । गएको सिजन गरेको प्रदर्शनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डी ओरको अवार्ड प्राप्त गरेका हुन् । उनी पहिलो पटक उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।

बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

अर्जेन्टिनाका लियोनल मेस्सीले ७ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड प्राप्त गरिसकेका छन् । गएको सिजनमा लिभरपुलका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन तेस्रो भए ।

बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया