ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।
खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाकाे विकेट लिएका हुन् ।
मयप्पन टी–२० विश्व कपमा ह्याट्रिक लिने पाँचाैँ बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट ली (२००७), आयरल्यान्डका कर्टिस क्यामफेर (२०२१), श्रीलङ्काका वानिन्दु हसरङ्गा (२०२१) र दक्षिण अफ्रिकाका कागिसाे रबाडा (२०२१) ले ह्याट्रिक गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।