नवौँ राष्ट्रिय खेलकुदमा आर्मीलाई ८८ स्वर्णसहित पदकमा अग्रता कायमै

 कात्तिक २, २०७९ बुधबार ७:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै  – गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ ।

आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदकसहित १ सय ८ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदकसहित १ सय २० पदक हात पारेको छ । त्यस्तै गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदकसहित ६१ पदक जित्दा वाग्मती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक जितेको छ ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्यसहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्यसहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ५१ पदक जितेको छ ।

लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कास्यपदक सहित १० वटा पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया