पिछडा वर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विलय

 असोज १५, २०७५ सोमबार १८:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पिछडा वर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टीमा विलय भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी कार्यालय धुमबराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव विष्णु पौडेलले पिछडा वर्ग महासंघका संस्थापक अध्यक्ष भरतप्रसाद महतो र सचिव मनाई महतोलाई पार्टी प्रवेश गराउनुभएको हो ।

त्यसैगरी राष्ट्रिय जनता पार्टीका सर्लाही जिल्ला अध्यक्ष नागेश्वर शाहलाई पनि महासचिव पौडेलले पार्टी प्रवेश गराउनुभयो । पिछडा वर्ग महासंघ र राजपाका ३६ जना सोमबार सोही कार्यक्रम मार्फत नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पौडेलले सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया