ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । सशस्त्र प्रहरी बलकाे एपीएफ १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जितेर तेस्रो र बाग्मती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो ।
यस्तै लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य गरी ६ पदक जित्दा गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक जित्यो । कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत गरी २ पदक जित्दा सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जित्यो ।
जयरानीलाई ५ स्वर्ण
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन् ।
उनले टिम इभेन्टमा २ र सिङ्गलमा ३ स्वर्ण जितेकी हुन् । ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिङ्गल, ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।
४ सय मिटर हडल्स, १ सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।