च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडौं – नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी मार्क्सवादी सिद्धान्त र चिन्तनबाट विचलित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टी भित्रको वैचारिक र सांस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्टि जाहेर गर्नुभयो । पछिल्लो समय पार्टीभित्र मार्क्सवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको भन्दै उहाँले समयमै वैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सीमिति हुने खतरा औल्याउनुभयो ।
सत्तारुढ दलकै शीर्ष नेता श्रेष्ठले सरकार काममाभन्दा अमूर्त नारामा सीमिति भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीबाहेक अरु बसलाई म सफाय गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन । त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन । मार्क्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो ।’
दैनिक रुपमा दक्ष युवाहरु विदेशिने क्रम बढ्दै गएको भन्दै उहाँले अमूर्त नारा दिएर मात्रै क्रान्ति नहुने बताउनुभयो । दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उहाँले राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गरी समाजवाद उन्मुख समृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।