तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो

 कात्तिक ४, २०७९ शुक्रबार १०:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङको ज्यान गएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाट सानिमाको घर जाने क्रममा बिहान साढे ६ बजे बीनालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गएको असारमा चितुवाको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया