जनताकाे आदेशमा सरकार र पार्टी चल्नुपर्छ : प्रधानमन्त्री देउवा

 कात्तिक ७, २०७९ सोमबार १८:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताउनुभएकाे छ । प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइ थियाे ।   

नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयाे, ‘जनतालाई के विश्वास दिलाउन चाहन्छु भने– जनता यो देशका मालिक हुन् । यसै कारण सार्वभौमसत्ता सम्पन्न जनताकाे आदेशमा, उसको निर्णयमा सब पार्टी चल्नुपर्छ, सरकार चल्नुपर्छ ।।’

कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताउनुभयाे । प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक चुनावमार्फत आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयाे । 

उहाँले प्रेस स्वतन्त्रतामार्फत जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागिपरेको बताउनुभयो । जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढी काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने देउवाकाे भनाइ थियाे । 

उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रता प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो । जुन देशमा प्रजातन्त्र छैन, त्यो देशमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन सक्दैन । हाम्रो पार्टीले, सरकारले प्रेसप्रति कुनै पनि किसिमको बन्देज लगाउने वा अप्ठ्यारा आउने काम गर्ने छैन । प्रेसलाई निर्बाधरूपमा लेख्ने वातावरण दिनेछ ।’

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया