अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म खुल्ने भएको छ ।
सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिवार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।
न्याय प्रशासन ऐन २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।