अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि यही कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाण्डौ महानगरपालिकालाई पुनः आग्रह गरेको छ ।
समितिले शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाण्डौ महानगरपालिकालाई आग्रह गरेको हो । समितिले गएकाे असोज ७ गते छठ पर्व मनाउनका लागि यही स्थान उपलब्ध गराउन काठमाण्डौ महानगरपालिकालाई निवेदन दिएको थियो । त्यसको सुनुवाई नभएपछि आफूहरुले पत्रकार सम्मेलनमार्फत् सो स्थान उपलब्ध गराउन काठमाण्डाै महानगरपालिकालाई पुनः अनुरोध गर्नु परेको समितिका अध्यक्ष मदन साहले बताउनु भयो ।
उहाँले असनलगायतका क्षेत्रमा बस्ने ब्रतालुहरुलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाण्डाै महानगरपालिकाले बेवास्ता गरेको गुनासो समेत गर्नु भयो । अध्यक्ष साहले भन्नु भयो, ‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं । खोली दिए धेरै राम्रो हुन्थ्यो । असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं ।’
रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइँदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो । तर यस वर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कात्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रुपमा छठ पर्व मनाउने तयारी गरिएको तर काठमाण्डाै महानगरपालिकाले भने अझै याे स्थान उपलब्ध नगराएकोमा आफूहरु मर्माहत भएको समितिका अध्यक्ष साहले बताउनु भयो ।
तराई–मधेशमा भव्य रुपमा मनाइँदै आएको छठ पर्व विगत केही वर्षयता काठमाण्डाै उपत्यकामा पनि भव्य रुपमा मनाउने गरिएको छ । छठ पर्वले पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।