दुई दिने 'नेपाल-जर्मन मार्ट २०२२' मेला शुरु

 कात्तिक १२, २०७९ शनिबार १६:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजबाट काठमाण्डौमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाण्डौको ज्ञानेश्वरमा रहेकाे जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ ।

जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले बताउनु भयो ।

उहाँले मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको बताउनु भयो । उहाँले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताउनु भयो । उहाँले नेपाली अर्थतन्त्रलाई बढाउन थोरै भएपनि मेला कोशेढुंगा सावित हुने बताउनु भयो ।

त्यस्तै नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाल जर्मन चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्रीहरु साथै जर्मनबाट आयात हुने सामग्रीहरु प्रदर्शनमा राखिएको बताउनु भयो । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया