ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई छ विकेटले हरायाे ।
नेदरल्यान्ड्सले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायाे । उसका माेहम्मद रिनवाले ४९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका ब्रान्डन ग्लाेभरले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९१ रन बनायाे । उसका काेलिन एकरम्यानले २७ रन बनाए । बलिङतर्फ पाकिस्तानका शदाब खानले तीन र माेहम्मद वसिमले दुई विकेट लिए ।
याे पाकिस्तानको प्रतियाेगितामा पहिलाे जितमात्र हाेइन, याे अस्ट्रेलियामा पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित पनि हाे । पाकिस्तान तीन खेलमा दुई अङ्कसहित समूह '२' काे तालिकाकाे पाँचाैँ स्थानमा छ । उति नै खेल खेलेकाे नेदरल्यान्ड्स भने अङ्कविहीन हुँदै पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।