अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – टिकट बेचेर पनि यात्रुलाई काठमाण्डौबाट नयाँ दिल्ली लैजान नसकेको नेपाल वायु सेवा निगमले गल्ती स्वीकार गरेको छ ।
निगमले हिजो आइतवार र आज साेमवार दुई वटा उडानका लागि यात्रुसँग टिकट बेचे पनि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएकाले उडान रद्द भएका छन् । उडान रद्द हुँदा हिजो दुई सय ७४ र आज एक सय ५० जना यात्रु अलपत्र परेका छन् ।
निगमले यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । उडान रद्द हुँदा गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिनेसमेत जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।