टी–२० विश्व कपमा नेदरल्यान्ड्सकाे पहिलाे जित

 कात्तिक १६, २०७९ बुधबार १३:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावेलाई हराएकाे छ । एडिलेडमा आज बुधवार भएकाे खेलमा नेदरल्यान्ड्सले जिम्बावेलाई पाँच विकेटले हराउँदै प्रतियाेगितामा पहिलाे जित निकाल्याे । 

जिम्बावेले दिएकाे एक सय १८ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका लागि म्याक्स ओडाउडले ५२ र टम कुपरले ३२ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजरबानी र रिचार्ड नगर्भाले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले १९ ओभरमा २ बलमा अलआउट हुँदा एक सय १७ रन बनायाे । उसका लागि सिकन्दर राजाले ४० र सेन विलियम्सले २८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकेरनले तीन विकेट लिए । 

याे जितसँगै समूह '२' काे तालिकाकाे पुछारमा रहेकाे नेदरल्यान्ड्सकाे दुई अङ्क भएकाे छ । जिम्बावे भने तीन अङ्कसहित चाैथाै स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया