अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने टिप्पणी गर्नुभएको छ ।
आज बुधवार गोरखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको हो । उहाँले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउनुभयो । रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, – ‘म विशेषरूपले तपाईँहरूलाई भन्न चाहन्छु, हामीले गोरखामा रेकर्ड बनाउनु छ । गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई जितायौँ भने रेकर्डसहित आएको नेता भनेपछि मात्रै केन्द्रमा भुमिका खेल्नसक्ने शक्ति आर्जन हुन्छ । माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट । गोरखाबाट संसारमा माओवादी देखियोस् ।’
अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफू गोरखामा चुनाव उठ्न आउनु गोरखावासीका लागि चुनौती भएको पनि बताउनुभयो । आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै त्यो कुरा गोरखावासीका लागि चुनौती भएको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको जिकिर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।