नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – लगातार तीन दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा झरेको छ ।
बीमा समूहबाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २० वटा कम्पनीकाे २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रो, मैलुङखोला जलविद्युत् र ग्लोबल आईएमई ब्यालेन्स फन्डकाे शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको शेयर साढे ६ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।