साफ यू–१५ : नेपालले भुटानलाई ७ गाेलले हरायो

 कात्तिक १७, २०७९ बिहीबार १८:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पन्ध्र वर्षमुनिकाे महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बङ्गलादेशको ढाकामा आज बिहीवार भएको खेलमा भुटानलाई सात–शून्य गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले खेलको पहिलो हाफमा चार गोल गर्‍याे भने खेलको दोस्रो हाफमा अरू तीन गोल थप्यो । नेपालको जितमा वर्षा ओलीले चार, सुक्रिया मियाँले दुई र सेनु परियारले एक गोल गरिन् ।

वर्षाले खेलकाे सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यस्तै उनले खेलको १७ औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४ औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५ औँ मिनेटमा थप एक गोल गरिन् । नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५ औँ मिनेटमा र ७२ औँ मिनेटमा गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५ औँ मिनेटमा एक गोल गरिन् । 

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई आठ–शून्य गोल अन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया