अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – निर्वाचन आयाेगले डा. ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकाे छ । आयाेगले आज शुक्रवार सर्वाेच्चमा पुगेर कार्कीकाे उम्मेदवारीकाे विषयमा सर्वाेच्चबाट गएकाे मङ्गलवार भएकाे अन्तरिम आदेश बदर गरी पाउँ भनी निवेदन दिएकाे हाे ।
आयाेगले कात्तिक १२ गते नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको त्यस निर्णयविरुद्ध कार्कीले कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।
अदालतले कात्तिक १५ गते प्रारम्भिक सुनुवाइपछि ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न आयोगलाई अन्तरिम आदेश दिएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।