आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफरअन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरिएकाे छ ।
हिजाे बिहीवार काठमाण्डाै पानीपोखरीकाे केन्द्रीय कार्यालयमा फेसबुक लाइभबाट सार्वजनिक गरिएको नतिजाअनुसार कतार र जापानबाट आईएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः रन्जीतकुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ ।
त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाह नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । उहाँहरूले क्रमशः संयुक्त अरब इमिरेट्स र कुवेतबाट आईएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौँ हप्ताका लागि दैनिक विजेता छनोट हुनुभएको छ । उहाँहरू क्रमशः कतार, कुवेत, बहराइन, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो ।
त्यसैगरी शहदेव महरा, प्रमोदकुमार खाङ्ग, विनोद माझी, गोपाल सार्की, आन्नदप्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको हो । उहाँहरूले कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र कुवेतबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । उहाँहरू प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहारस्वरूप प्राप्त गर्नुहुनेछ ।
बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिने आईएमईले जनाएकाे छ ।
आइएमई उत्सव अफर २०७९
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफरअनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ । साथै हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ ।
८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस २०७९ भदाै १६ गतेदेखि कात्तिक १६ गतेसम्म नाै ९ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने आईएमईले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।