यु–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बङ्लादेश खेल्दै

 कात्तिक १९, २०७९ शनिबार ७:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्लादेशमा चलिरहेको १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्लादेश खेल्दैछन् ।

खेल ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । आयोजक बङ्लादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

आफ्नो पहिलो खेलमा नेपाल र बङ्लादेश दुवैले भुटानलाई हराएका थिए । बिहीवार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्लादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । नेपाल ३ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

बङ्लादेश ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भुटान अङ्कविहीन रहँदै पुछारमा छ । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया