ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएकाे छ । आज आइतवार मेलबर्नमा भएकाे खेलमा भारतले जिम्बावेलाई ७१ रनले हरायाे ।
भारतले दिएकाे एक सय ८७ रनकाे लक्ष्य पछ्याएकाे जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै एक सय १५ रनमात्रै बनायाे । यसका लागि रायल बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले तीन तथा माेहम्मद शामी र हार्दिक पान्डेयाले दुई/दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनायाे । उसका लागि सूर्यकुमार यादवले नटआउट ६१ र केएल राहुलले ५१ रन बनाए । बलिङतर्फ जिम्बावेका सेन विलियम्सले दुई विकेट लिए ।
याे जितसँगै भारत समूह '२' काे विजेता बनेकाे छ । अब भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्नेछ । यही समूहबाट उपविजेता बनेकाे पाकिस्तानले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।