जयनगर–कुर्था रेलमार्गमा आजदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल चल्ने

 कात्तिक २१, २०७९ सोमबार ८:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जयनगर–कुर्था रेलमार्गमा आजदेखि निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल चल्ने भएको छ ।

भोलि कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुको सुविधालाई ध्यान दिँदै पर्सि बुधवारसम्म निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सञ्चालन गर्न लागिएको हो ।

कात्तिक पूर्णिमाको लागि कमला नदीमा स्नान गर्न देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थयात्रीहरु पुग्ने गर्छन् । तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बताउनुभयो ।

जतिबेला यात्रु हुन्छन्, त्यतिबेला नै रेल सञ्चालन हुने उहाँले बताउनुभयो । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गएको चैतदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया