एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बाग्मती प्रदेशले बराबरी खेलेका छन् । आज साेमवार कीर्तिपुर मैदानमा भएकाे खेलमा मधेस र बाग्मतीले राेमाञ्चक बराबरी खेल्दै एक/एक अङ्क बाँडेका हुन् ।
मधेस प्रदेशले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती चार बल बाँकी छँदै एक सय ९० रनमा अलआउट भएपछि खेल बराबरीमा सकियो । बाग्मतीले आठ विकेट गुमाएको अवस्थामा तीन रन चाहिएको थियो तर दुई रन बनाउँदै दुई जना खेलाडी आउट भएपछि खेल बराबरीमा सकियो । बाग्मतीका पृथु बाँस्कोटाले सर्वाधिक ४० रन बनाए । बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले तीन/तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेस प्रदेका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ बाग्मतीका सूर्य तामाङ र नवीन यादवले तीन/तीन विकेट लिए ।
याे बराबरीसँगै समूह 'बी' मा रहेकाे मधेस प्रदेश पाँच अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा छ । बल्ल खाता खोलेको बाग्मती तालिकाकाे पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।