ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आर्मीले कर्णाली प्रदेशलाई एक सय ४० रनले हराएर अन्तिम चारमा पुगेको हो ।
मूलपानी मैदानमा आर्मीले दिएको दुई सय ५५ रनको लक्ष्य पछ्याएको कर्णाली २८ ओभर ३ बलमा एक सय १४ रन बनाउँदा अलआउट भयो । उसका लागि विपिन रावलले ४८ रन बनाए । आर्मीका रोहित पौडेलले तीन तथा शहाब आलम र हरि चौहानले दुई/दुई विकेट लिए । समूह 'ए' बाट एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
यस्तै नेपाल पुलिस क्बल समूह 'बी' को विजेता बनेको छ । कीर्तिपुर मैदानमा मधेस प्रदेशलाई एक सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो ।
पुलिसले दिएको दुई सय ७४ रनको लक्ष्य पछ्याएको मधेस २९ ओभर ३ बलमा ८२ रनमा अलआउट भयो । मधेसका मोहम्मद आदिल आलमले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ पुलिसका कुशल भुर्तेलले पाँच, करण केसीले तीन र रशिद खानले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि आरिफ शेखले ७३, अमित श्रेष्ठले ६५, दीपेन्द्रसिंह ऐरीले ५१ र दिलिपनाथले ४० रन बनाए । मधेसका राजेश यादव र रुपेश सिंहले तीन/तीन विकेट लिए ।
सेमिफाइनलमा भोलि पुलिस र त्रिभुवन आर्मी तथा एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । फाइनल खेल शुक्रवार हुने तालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।