प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार थापाकाे निधन

 कात्तिक २३, २०७९ बुधबार १३:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाकाे निधन भएकाे छ । मन्त्री तथा मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार थापाको आज बुधवार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हाे । 

गएकाे असाेज २३ गते मनाेनयन दर्ता गरेलगत्तै बिरामी पर्नुभएका उहाँमा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि नाेबेल अस्पतालमा उपचार भइरहेकाे थियाे । त्यसपछि उहाँलाई निमाेनिया र पायल्स देखिएपछि थप उपचारका लागि असाेज २७ गते हेलिकप्टरबाट काठमाण्डाैकाे ह्याम्स अस्पताल ल्याइएकाे थियाे । 

थापाकाे स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि गएकाे साेमवार उहाँलाई विराटनगर ल्याइएकाे थियाे । श्वासप्रश्वासमा समस्या देखिएपछि गएकाे साेमवार उहाँलाई फेरि नाेबेल अस्पतालमा भर्ना गरिएकाे थियाे । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखुवराका स्थायी घर भएका ५८ वर्षीय थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

थापाको निधन भएपछि त्यस क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएकाे छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया