चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन् : प्रचण्ड

 कात्तिक २६, २०७९ शनिबार १८:१५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताउनुभएकाे छ । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राख्नुभएकाे हाे ।

यस्तै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गर्नु भएको छ ।  प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

चुनावलाई अग्रगमन रोज्ने कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अर्थ्याउँदै उहाँले नेपाली नागरिकले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै देशमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर समेत गर्नुभयो । उहाँले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • GURUNG BEL BAHADUR

    Nov. 13, 2022, 12:55 a.m.

    काग बाठो बजिया ...आफ्नो नाम आफै काढ्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया