अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोले बिक्री सुरु गरेको हो ।
आज आइतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा नानो युरिया मल नेपालमा बिक्री सुरु भएको घोषणा गर्नुभयो । इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको मललाई 'सिजी–आइएफएफसिओ' नाम दिइएको छ । याे मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूललगायतमा छर्कन सकिने जनाइएको छ ।
कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नानो युरिया मल भित्र्याइएको बताउनुभयो । यसले बिरुवाको वृद्धिका लागि आवश्यक पर्ने पोषक तत्त्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ ।
एक लिटर सफा पानीमा दुई देखि चार मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ । बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुई पटक छर्किनुपर्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।