आउँदाे चुनाव २ वटा गठबन्धनबीचको जनमत सङ्ग्रह : प्रचण्ड

 कात्तिक ३०, २०७९ बुधबार १८:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे मङ्सिर ४ गते हुने चुनाव संविधान रक्षा गर्ने र संविधान च्यात्ने दुई वटा गठबन्धनबीचको जनमत सङ्ग्रह भएको जिकिर गर्नुभएकाे छ ।

वाम लोकतान्त्रिक गठबन्धनले आज बुधवार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने प्रवृत्ति तथा संविधान च्यात्न चाहने, परिवर्तन उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने गठबन्धनको बीचमा जनमत सङ्ग्रहको रूपमा चुनाव हुन लागेको बताउनुभएको हो । 

उहाँले विकास र समृद्धिको आकाङ्क्षाप्रति प्रतिबद्ध हुँदै प्रतिगमनलाई सधैँका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गर्नुभयो । 

यस्तै त्यही चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह–महामन्त्री एवम् प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुरा गर्ने तर काम नगर्ने आरोप लगाउनुभएको छ । महतले अब देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभयाे । उहाँले ओलीले समावेशी संविधानलाई भत्काउन चाहेको आरोप पनि लगाउनुभयाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया