अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – निर्वाचन आयाेगले प्युठानमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण साेधेकाे छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिइ आफ्नो चुनाव प्रचारप्रसार गराएको भन्ने समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएकाेले स्पष्टीकरण साेधेकाे आयाेगले जनाएकाे छ ।
‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएकाे छ ।
आयाेगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न थापालाई निर्देशन दिएकाे छ ।
केही दिनअघि प्युठानमा भएकाे एक कार्यक्रममा मीनबहादुर बुढाले एमाले उम्मेदवार थापाले आफूलाई दुई हजार रुपैयाँ दिएर आफूलाई चुनाव प्रचार गर्न लगाएकाे भन्नुभएकाे थियाे ।
तस्बिर : थापाकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Karuna Neupane
Nov. 18, 2022, 8:56 p.m.मेराे राजनीति र चुनाव प्रतिकाे टिप्पणी भाेलीकाे कायाकाेईरन वा नेपाल दर्पणमा राखिदिनुहाेला।- हाम्रा बाबु बाजेकाे पालामा बिकल्प थिएन मात्र दुई अथवा तिन पार्टीको प्रचारप्रसार हुन्थ्याे फलानाे पार्टी बाट मुसा उठेनि जित्छ भन्ने हुन्थ्याे रे। तर अहिले हामि सामु विकल्पहरुकाे लहर छ। याेग्य व्यक्ति छानाै मतकाे र लाेकतन्त्रकाे रक्षा गर्नु अरु कसैकाे नभएर नागरिककाे दायित्व हाे। सचेत नागरिककाे उदाहरण बनाै जुन व्यक्ति छाने पनि याेग्यता र क्षमता हेरेर अमुल्य मत राखाै।