अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचित हुनु भनेकाे विजयी नभइ जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएकाे बताउनुभएकाे छ ।
आज बिहीवार चितवन २ बा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै लामिछानेकाे फेसबुकमा लेख्नुभएकाे छ, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्न ।’
सभापति लामिछानेले आजै दिउँसाे ३ बजे भरतपुर–१० गेस्ट हाउस चौरमा, भोलि शुक्रवार बिहान ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र दिउँसाे ३ बजे शहीद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा धन्यवाद सभा गर्न लागेकाे पनि जानकारी दिनुभएकाे छ ।
लामिछानेले आफूलाई बधाई दिन आउँदा फूलमाला, अबिर, खादा केही नल्याउन पनि आग्रह गर्नुभएकाे छ । आजैदेखि आफूले काम थाल्ने पनि उहाँले बताउनुभएकाे छ ।
लामिछाने चितवन २ बाट ४९ हजार २ सय ६१ मत ल्याउँदै ३४ हजार १ सय ६२ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।