ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
रामेछाप – एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले ३३ हजार २ सय ४७ मत ल्याउँदै अग्रता लिइ रहनुभएकाे छ ।
उहाँलाई नेकपा एमालेका कैलाश ढुंगेलले २४ हजार १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ । कान्छारामले ढुंगेललाई ९ हजार ५५ मतले पछि पार्नुभएकाे छ ।
त्यस्तै प्रदेश सभा (ख) मा एमालेका मिलनकुमार घिसिङले १० हजार ९ सय ५१ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रका युवराज चौलागाईंले १० हजार ६ सय ९० मतसहित पछ्याइ रहनुभएकाे छ ।
प्रदेश सभा क काे नतिजा भने यसअघि नै आइसकेकाे छ । यहाँ गठबन्धनबाट माओवादीका तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएकाे थियाे । उहाँले एमालेका शान्तिप्रसाद पाैडेललाै १ हजार ९ सय ९१ मतान्तरले हराउनुभयाे ।
रामेछापमा ८८ हजार ९ सय ३३ मत खसेको थियो । अहिलेसम्म ६५ हजार ४ सय २० मतगणना भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।