चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जा – मतगणना रोकिनुको कारण बुझ्न स्याङ्जा आएको निर्वाचन आयोगका कानुन सहसचिव फणिन्द्र गौतम नेतृत्वको टोली काठमाण्डौ फर्किएको छ । मतगणनाबारे अझै अन्याेल कायमै रहेकाले मङ्सिर १२ गतेभित्र टोलीले आयोलाई प्रतिवेदन बुझाउने छ । त्यही आधारमा अगाडि बढ्ने तय भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
नेकपा एमालेले चापाकोट नगरपालिकाका ४ वटा बुथमा धाँधली गरी कब्जा भएकाे आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् ।
चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।
मतगणना राेकिएकाे बारे बुझ्न आयोगको टोली हिजाे शुक्रवार स्याङ्जा आएको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल गरेको थियो ।
स्याङ्जा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका धनराज गुरुङ र नेकपा एमालेकी पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने देखिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।