सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १ खर्ब ६७ अर्ब रु...
माघ २५, २०८१ शुक्रबार
धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ १ सय २४ मतान्तर विजयी हुनुभएकाे छ । उहाँले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्नुभएकाे हाे ।
महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएकाे छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएकाे छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएकाे हाे ।
महासेठ २०७४ को चुनावमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएकाे थियाे । यसअघि उहाँकी श्रीमती जुलीकुमारी महताे धनुषा-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसक्नु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।