युक्रेनको जेलमा रहेका दुई नेपालीको उद्धार, कुनै पनि प्रलोभनम...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज कारोबार रकम पनि उकालो लागेको छ । दुई सय ४१ वटा कम्पनीकाे ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
नेप्से परिसूचक बढेकाे दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।