एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना चलिरहेको छ । गणना भइरहेका तीन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याउनुभएको छ ।
दोलखामा पनि मतगणना सुरु भएको छ । प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले १ हजार ३५३ मतसहित अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका बालकृष्ण सिवाकोटीले ७३६ मत प्राप्त गर्नुभएको छ ।
दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
यस्तै, स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Birendra
Dec. 2, 2022, 6:50 a.m.धांधली गरेर जितेको नि के अर्थ रहन्छ र ?