सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १ खर्ब ६७ अर्ब रु...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो । चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा भने साढे २९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क छ ।
यो चार महिनामा सबैभन्दा धेरै आलु आयात भएको छ । चार महिनामा चार अर्ब २५ लाख रुपैयाँको आलु, दुई अर्ब १९ करोड रुपैयाँको प्याज, ३७ करोड रुपैयाँको लसुन, १४ करोड ११ लाख रुपैयाँको गोलभेँडा, साढे सात करोड रुपैयाँको केराउ र चार अर्ब ३७ करोड रुपैयाँको सिमीलगायतका गेडागुडी आयात भएको छ ।
सरकारले यो वर्ष बजेटमार्फत कृषिजन्य वस्तुको आयातलाई ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । विदेशबाट आउने वस्तुमा कडाइ गर्दा आयातमा कमी आएको छ तर आयातमा कमी आउँदा भन्सार राजस्व भने लक्ष्यअनुसार उठ्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।