नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन

 मंसिर १६, २०७९ शुक्रबार २०:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन भएकाे छ । वर्षाका कारण खेल नतिजाविहीन भएकाे छ । 

नेपालले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले ४ बलमा चार रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि फेरि खेल सुरु नसकेपछि नतिजाविहीन भएकाे हाे । 

याेसँगै दुवैले एकएक अङ्क बाँडेका छन् । नेपाल २१ खेलमा १८ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ भने २८ खेल खेलेकाे नामिबिया ३३ अङ्कसहित चौथो स्थानमा छ ।

यसअघि वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९७ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए । यस्तै आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ नामिबियाका तानगेनी लुङ्गामेनीले तीन र कार्ल बिरकेनस्टकले दुई विकेट लिए ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

नेपालले पर्सि आइतवार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । सात वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष पाँच देशले एकदिवसीय मान्यता कायम गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया