महाकालीमा एकतर्फी बाँध बनाएको विरोधमा नेपालले भारतलाई कुटनीतिक नाेट पठायो

 मंसिर २०, २०७९ मंगलबार १७:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाण्डाैमा रहेको भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उज्यालोलाई जानकारी दिनुभयो । कुटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख रहेको उहाँले बताउनुभयो ।

भारतीय पक्षले महाकाली नदीमा तटबन्धनका संरचना बनाउँदा दार्चुलाको खलङ्गा बजार जोखिममा परेको भन्दै खलङ्गावासीले विरोध गरेका छन् । स्थानीयवासीले तटबन्ध बनाएको विषयमा विरोध गर्दा गएको आइतवार दार्चुलाको सीमा क्षेत्रमा तनाव भएको थियो । अहिले तटबन्ध निर्माणको काम रोकिएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया