अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जनाएको छ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राणालाई महाअभियाेग प्रस्ताव निष्प्रभावी भएकाे जानकारीसहित पत्र पठाउनुभएकाे हाे ।
महाअभियाेगबारे महाअभियाेग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएकाे तर त्यसपछिकाे प्रक्रिया अगाडि नबढेकाे अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधि सभाकाे चुनाव सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने ब्याेराकाे पत्र निष्प्रभावी भएकाे पत्रमा उल्लेख छ ।
पत्रमा भनिएकाे छ ‘महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्रसमेत निष्प्रभावी भएको ब्यहोरा जानकारीका लागि अनुरोध गर्दछु । प्रधानन्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि उहाँले दिनुभएको निवेदनको छायाँ प्रति यसै साथ संलग्न रहेको छ ।’
यसअघि हिजो जबराले प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नका लागि बाटो खोलिदिन संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । जबराको निवेदनपछि संसद् सचिवालयले प्रतिनिधि सभाको नयाँ चुनाव भइसकेका कारण अघिल्लो संसदमा दर्ता भएको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतसहित न्याय परिषद्, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायतका छ वटा निकायलाई पत्र पठाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।