च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडाैं – संघीय समाजवादी फोरम नेपालले तत्काल नेकपासँग पार्टी एकता नहुने स्पष्ट पारेको छ । अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती निकालेर फोरमले तत्काल नेकपासँग पार्टी एकता नगर्ने स्पष्ट पानुभएको हो ।
अहिले फोरम र नेकपाबीच पार्टी एकता हुन्छ भनेर गरिएको हल्ला राजनीतिमा गलत सन्देश फैलाउन सुनियोचित ढंगले आएको पनि विज्ञप्तीमा उल्लेख छ । गएको बैशाख सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल÷पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो ।
त्यसयता नेकपासँग फोरमले पार्टी एकिकरण गर्न लागेको अनुमान बाहिर आएपछि अध्यक्ष यादवले विज्ञप्ती निकालेर तत्काल पार्टी एकताको कुनै योजना नरहेको स्पष्ट पार्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।