अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ ।
आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ । दलहरुले निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न पाउने छैनन् । तर, संख्या कम हुनाले कुन समूह क्लस्टर भन्ने विकल्प भने छ । कुनै समूहबाट पुरुषलाई छान्दा त्यही समूहबाट महिला बाहिरिन र अर्को समूहबाट पुरुष बाहिरिन सक्छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दलहरुले भोलिसम्ममा समानुपातिकतर्फको नाम पठाइसक्नु पर्नेछ । दलहरुले यसअघि नै निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।
निर्वाचन आयोगले बुधवार दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार भोलि दिउँसो ४ बजेसम्ममा दलहरुलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको छ ।
समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा ७ र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।
समानुपातिकतर्फ पाएको मतको आधारमा सिट सङ्ख्या र समावेशी समूहबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या निर्धारण गरी आयोगले पत्राचार गरेको हो । आयोगले पठाएको पत्रमा दलहरुले उम्मेदवार छनोट गर्ने आधारसमेत खुलाइएको छ ।
आयोगले महिला, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारू र दलितको प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार छनोट गर्न आग्रह गरेको छ । साथै अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनुपर्नेछ ।
सहप्रवक्ता अर्यालका अनुसार दलहरुले बुझाएको सूचीमा क्लस्टर नमिलेमा थप दुई दिनको समय दिएर सच्याउन पुनः पत्राचार गरिनेछ ।
समानुपातिकतर्फ १ सय १० सिटमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जसपा नेपाल र जनमत पार्टीले ५/५ सिट पाएका छन् ।
समानुपातिकतर्फको उम्मेदवारको सूची तयार गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ ।
उम्मेदवारको सूची बुझाउन आज र भोलिको समयसीमा रहेकाले दलहरु छलफलमा जुटेका छन् । समानुपातिकबाट सांसद बन्ने आकांक्षी धेरै हुँदा दलको शीर्ष नेतृत्व दबाबमा परेको छ ।
संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरुले त्यसैअनुसार महिला छान्नुपर्नेछ ।
समानुपातिकतर्फको नाम टुङगो लगाउन एमालेले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । त्यस्तै कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।