अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवाविरुद्ध परेको रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।
कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहनुभएको छ ।
यो संवैधानिक इजलासले सङ्घीय संसद्का महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि गएको फागुनदेखि निलम्बनमा परेका जबरालाई गएको बुधवार सङ्घीय संसद्का महासचिव गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको थियो ।
जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा रिट छ । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो ।
क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ ।
जबराले आफूउपरको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित सम्बन्धित निकायहरूमा यसको जानकारी गराउन गएको मंगलवार संसद् सचिवालयमा निवेदन दिनु भएको थियो ।
त्यसपछि संघीय संसद् सचिवालय गौतमले जबराकै दाबीअनुसार बुधवार महाभियोग निष्प्रभावी भएको भन्दै ती निकायलाई पत्राचार गर्नुभएको थियो ।
गौतमको पत्रपछि बुधवारै जबराले सर्वोच्च प्रवेशको तयारी गरे पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
हिजो सार्वजनिक बिदा भएकाले अदालत खुलेन । बार एसोसिएशनले आज पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
सर्वोच्च अदालत परिसरमा आज पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश जबरालाई सङ्घीय संसद्का महासचिव गौतमले निलम्बन फुकुवा पत्र दिएको विरोधमा कानुन व्यवसायीले आन्दोलन गरेका छन् ।
उनीहरुको धर्ना र प्रदर्शनका कारण सर्वोच्च अदालत परिसर काठमाण्डौको रामशाह पथमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।