शेयर बजार फेरि घट्याे, कारोबार रकम घटेर ७७ करोड ७० लाख रुपैयाँमा सीमित

 मंसिर २७, २०७९ मंगलबार १६:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो । 

आज कारोबार रकम पनि घटेको छ । हिजाे एक अर्ब ३६ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज दुई सय ४८ वटा कम्पनीकाे २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको  छ । 

नेप्से सूचक घटेकाे दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया