अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीवार राष्ट्रपतिलाई बुझाउने भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने जानकारी गराउनुभएको हो । यस्तै प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उहाँले जानकारी दिनुभयो । प्रतिवेदन पेस भएपछि निर्वाचित सांसदको नाम राजपत्रमा प्रकाशित गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधि सभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष एक सय ८४ जना अर्थात् ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । यस्तै प्रदेश सभातर्फ पुरुष तीन सय ५० जना अर्थात् ६३ दशमलव ६४ प्रतिशत र महिला दुई सय जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।
यसैबीच प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका उम्मेदवारमध्ये एक हजार नाै सय ६१ जना र प्रदेश सभातर्फ दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको चुनावमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाअनुसार प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ । यस्तै प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बाग्मती प्रदेशमा ३३, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।